११ वैशाख ०७९, काठमाडौं । काठमाडौंको काँडाघारीमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिहान साढे ५ बजेतिर अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका(६ का अन्दाजी ३२ वर्षका कमल आले मगर र अन्दाजी २२ वर्षका गोपाल आले मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।…