६ भदौ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सापास विपरीत अण्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरू हटाउन थालेको छ । महानगरले प्रयोजन विपरीतका पसल हटाउन गत साउनको पहिलो हप्ता ३५ दिने सूचना जारी गरेको थियो । सूचना बमोजिम आज बिहान वानेश्वरको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पश्चिम दिशाबाट पसलहरू हटाउन शुरु गरिएको महानगरले जनाएको छ । महानगर प्रमुख बालेन शाह आफैं…