३ कात्तिक ०७९, काठमाडौं । काठमाडौंको चन्द्रगिरी र भक्तपुरको मध्यपुर ठिमी निलबाराही मन्दिरबाट बुधबार एकैदिन मूर्तिहरु चोरी भएको छ । प्रहरीका अनुसार भक्तपुरको मध्यपुरठिमी नगरपालिका ९ निलबराही मन्दीरबाट ढुँगाले बनेको बुद्ध भगवानको मुर्ती बुधबार दिउँसो चोरी भएको छ । साथै काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ नैकापस्थित बिष्णुदेबी मन्दिरबाट करिब ३ किलोको पित्तलको झलरी सोमबार राति चोरी…