११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चुनावको मुखमा सडकमा उत्रिए काठमाडौंका सुकुम्बासी



१ मंसिर ०७९, काठमाडौं । बागमती नदी किनारमा अवैध घरटहरा बनाएका सुकुम्बासीले आन्दोलन थालेका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बस्ती खाली गर्न सूचना निकालेपछि सुकुम्बासीहरु चुनावको मुखमा सडकमा उत्रिएका हुन्। मंगलबार समितिको कार्यालय घेराउ गरेका सुकुम्बासीले बिहीबार काठमाडौंको सडकमै उत्रिएर आन्दोलन गरेका हुन्। विभिन्न २३ संस्थाको संयुक्त आयोजनामा सुकुम्बासीको आन्दोलन सुरु भएको हो।
सुकुम्बासीले बागमती नदी किनारमा बस्न पाउनुपर्ने माग गरेका छन्। उनीहरुले त्यहीअनुसार बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। सरकारले बागमती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउने अल्टिमेटम दिएपछि सुकुम्बासीले आन्दोलन थालेका छन्।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ७ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।