२९ असार ०७९, काठमाडौं । नेपालबाट चोरी भएर अमेरिका पु¥याइएका ऐतिहासिक तथा पुरातात्विक महत्वका दुई थान टुँडाल नेपाल फर्काई पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ । पुरातत्व विभागमा आयोजित कार्यक्रममा काठमाडौँस्थित अमेरिकी दूतावासकी डेपुटी चिफ अफ मिसन अविगल अरोनसनले १ सय ३५ सेमी लम्बाइ तथा २१ सेमी चौडाइ र १ सय १०.२ किलोग्राम तौलका दुई टुँडाल…