२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा एक महिने कोभिडविरुद्धको खोप अभियान संचालन



१८ साउन ०७९, ललितपुर । ललितपुरका पाँच ठाउँमा कोभिडविरुद्धको खोप अभियान संचालन  भएको छ।  साउन १५ गते देखि सुरु भएको अभियान भाद्र १४ गते सम्म संचालन हुनेछ।

उक्त अवधिमा १२ वर्ष माथि उमेर समूहका सबै नागरिकहरुलाई पहिलो र दोश्रो मात्रा तथा दोश्रो मात्रा लगाई ३ महिना अवधी पुरा भएका सबैलाई थप मात्रा (बुष्टर)  खोप दिइनेछ।   जिल्ला प्रशासन कार्यालय ललितपुर परिसरमा  बिहान १०ः०० बजे देखि ४ः०० बजे सम्म खोप कार्यक्रम संचालन गरिनेछ।

यस्तै  यातायात ब्यबस्था कार्यालय, एकान्तकुना, लगनखेल बसपार्क, पुरानो ४ नं वडा कार्यालय, जावलाखेल र मंगलबजार, कृष्ण मन्दिर परिसरमा बिहान ९ः०० बजे देखि ३ः०० बजे सम्म खोप सेवा संचालन गरिनेछ। स्वास्थ्य कार्यालय ललितपुर र  ललितपुर महानगरपालिकाको आयोजनामा संचालित खो कार्यक्रममा  नेपाल रेडक्रस सोसाईटी, ललितपुर, वाटर एड नेपाल, ललितपुर, मित्र समाज लगाएतले सहयोग गरेका छन्।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।