काठमाडौं काठमाडौंको जडिबुटीमा टिपरको ठक्करपछि पैदलयात्रीको निधन भएको छ । टिपरको ठक्करबाट पैदलयात्री सिन्धुली गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको गए राति निधन भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ जडिबुटीस्थित सडकमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क ५३६२ नम्बरको टिपरले युवकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते…