भक्तपुर २८ वैशाख । सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीका भीड लागेको छ । आज अक्षय तृतीया भएकाले अन्य दिनको तुलनामा दर्शनार्थी बढेका हुन् । आज बिहान ४ बजेदेखि मन्दिरको चारवटै ढोका खुला गरी दर्शनार्थीलाई मन्दिरको गर्भगृहमै प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव हरिशशरण बस्नेतले…