काठमाडौ १ कात्र्तिक । काठमाडौंको गोकर्णमा एक व्यक्ती मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ गोकर्णस्थित माइती नेपालस्थित प्रतिक्षालयमा उनी मृत फेला परेका हुन् । हालसम्म नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ…