१७ मंसिर । नेपाल प्रिमियर लिग एनपीएल टी–२० क्रिकेटको तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जनकपुरका लागि कप्तान अनिल साहले अर्धशतकीय…