काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले ओमनविरुद्ध सानदार जित निकालेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याएको ओमनले ४६.३ ओभरमा अलआउट हुँदै २२६ रन मात्र जोडेको हो । पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको १०८ रनको शतकीय पारीसँगै ३१० रनको स्कोर बनाएका थिए…