कागेश्वर। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, तिवारीमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ। प्रदेश ३–०२ ०१३ प ९५४ नम्बरको स्कुटरलाई बा.५ ख २५६२ नम्बरको बसले ठक्कर दिँदा स्कुटरचालक कागेश्वरी मनोहरा नगरपालिका–४ की २३ वर्षीया आयुषा सिंखडाको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी सिंखडालाई उपचारका लागि शंखरापुर अस्पताल, नारायणटार लगिएको…