१७ जेठ । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगन्जको कम्पाउन्डभित्रै सञ्चालनमा रहेका दुईवटा निजी फार्मेसीमा ताला लगाएको छ। अस्पतालको कम्पाउन्डभित्र मापदण्डविपरीत फार्मेसी सञ्चालन गरिएको भेटिएपछि पानोरमा र पञ्चकन्या फार्मेसीमा ताला लगाइएको महानगरपालिकाका निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले जानकारी दिइन्। भ्याक्सिनलाई उचित तापक्रममा नराखेको, अनुमतिविनै नार्कोटिक्स ड्रग्सजन्य औषधि बेचिएको, औषधि…