३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरले गरिदियो एकल महिलाको स्वास्थ्य बिमा



पाटन 
ललितपुर महानगरले महानगरभित्रका एकल महिलाको स्वास्थ्य बिमा गरिदिएको छ ।
महानगरपालिकाले बुधबार स्वास्थ्य बिमा बोर्डसँग स्वास्थ्य बिमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत रु एक करोड भुक्तानीसमेत गरिएको जनाएको छ ।
समझदारीपत्रमा मेयर चिरीबाबु महर्जन र बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महानगरले नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र  टोल स्वास्थ्य उत्प्रेरक ९टिएचपी०को स्वास्थ्य बिमाबापतको शत्प्रतिशत प्रिमियम महानगरले तिर्ने छ । महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बिमा कार्यक्रम दुई वर्षअघि देखि सुरु गरेको थियो ।
मेयर चिरीबाबु महर्जनले महानगरवासीको स्वास्थ्य उपचारका लागि हरसम्भव प्रयास गरिएको बताएका छन् । “हामीले पाटन अस्पतालसँग सहकार्य गरेर बिरामीको शय्यासम्म अक्सिजन व्यवस्थापनका लागि सहज बनाएका छौँ, लास व्यवस्थापन गर्न ‘मर्चरी हाउस’को व्यवस्थापनका लागि सुविधा प्रदान गरेका छौँ । यो देशकै नमूना भएको छ, स्वास्थ्य क्षेत्रमा विषयविज्ञ चिकित्सकको अभाव र लापरबाही हुनुहुँदैन, यसमा हामी यसमा सचेत छौँ”, उमेयर महर्जनले भने ।
मेयर महर्जनले स्वास्थ्य बिमाको उपचारका लागि स्वास्थ्य केन्द्रको व्यवस्थापन गरिएको र २१० जनाको क्षमता भएको ठाउँमा ३०० भन्दा बढीले दैनिक सेवा लिन आउने गरेको बताएका छन् । “स्वास्थ्य बिमा बोर्डसँग गरेको यो सम्झौताले थप दायित्व सृजना गरेको छ । मुलुकको पायोनियर अस्पतालसँग समन्वय गरेर केही हदसम्म काम गरेका छौँ, भविष्यमा पनि राम्रो काममा सहकार्य गर्नेछौँ” उनले भने ।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले महानगरबाट राम्रो कामको थालनी भएको बताएका छन् । “अरू ७५२ स्थानीय तहले पनि यसबाट सिक्नुपर्ने हुन्छ, ललितपुरले छुट्टै छवि कायम गरेको छ । विगत केही वर्षदेखिको कार्यसम्पादनले आफ्नो भूमिकालाई बलियो रुपमा स्थापित गरेको छ”,  महर्जनले भने,“स्वास्थ्य बिमामा नसक्ने भुइँ तहमा रहेका लाखौँ नागरिक जोडिएका छन्, यसलाई राज्यले चाहेर पनि खोस्न सक्दैन । स्वास्थ्य बिमा ७५३ पालिका र सात प्रदेशका बेसहाराहरुको साहारा बन्दै गएको छ । नागरिकको बिमा गराउने नमूना काममा ललितपुर महानगर लागेकामा खुसी छौँ ।”

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ८ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।