काठमाडौँ । काठमाडौँ उपत्यकामा अनावश्यक हर्न प्रयोग गरेर ध्वनी प्रदूषण बढेको भन्दै ट्राफिक प्रहरीले सवारी चालकहरूलाई सचेत गराएको छ। बिहीबार सूचना जारी गर्दै प्रहरीले अत्यावश्यक वा विशेष परिस्थितिबाहेक हर्न नबजाउन आग्रह गरेको हो। काठमाडौँ उपत्यकामा लाखौँ सवारी साधन चल्ने भएकाले अनावश्यक हर्नको प्रयोगले जेष्ठ नागरिक, बालबालिका र सर्वसाधारणमा गम्भीर असर पारिरहेको ट्राफिक प्रहरीले जनाएको छ।…