भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबारदेखि सुरु भएको कक्षा १२ को बोर्ड परीक्षाको प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिक भएको हल्लापछि अनुसन्धान थालेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालप्रसाद अर्याल, जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित बुढाथोकी लगायतको टोली चाणक्य कलेज शंखधर चोक मध्यपुर थिमि पुगेर सोधपुछ गर्न लागेको हो। घटनाको तथ्य भने…