काठमाडौं । बुधबार बबरमहलमा मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेर जनधनको क्षति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले आपत्ति प्रकट गरेकी छिन् । कार्कीले मेलम्ची खानेपानी आयोजनाको नाममा वर्षौंदेखि आम जनतालाई ठग्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी हुन् । उनले बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेर बाढी नै आएको प्रसंगलाई जोड्दै गुणस्तरीयहीन काम गर्दाको…