३ पुस । काठमाडौं महानगरपालिकाले जथाभावी मेडिकलजन्य फोहोर फालेको भन्दै एक मेडिकललाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ । काठमाडौंको धुम्बराहीमा रहेको एसियन रेज मेडिकेयर सेन्टरलाई महानगरले जरिबाना गरेको हो । मेडिकलजन्य फोहोर जथाभावी फालेको भन्दै मेडिकेयर सेन्टरका प्रतिनिधि मनोजराज गुरूङलाई महानगर प्रहरी बलले जरिबाना गरेको महानगरले जनाएको छ । महानगरले चिकित्साजन्य फोहोरलाई वर्गीकरण गरेर…