काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय हरिहरभवन, ललितपुरका कार्यकारी निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।तत्कालीन कार्यक्रम निर्देशक डा. बलराम थापा क्षेत्री समेतले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तियारको विज्ञप्तिमा उल्लेख छ, ‘आव ०७३/७४…