ललितपुर । खजुरीको नेपाल प्राइभेट लिमिटेडले उत्पादन गरेको पफ गुणस्तरहिन रहेको पुष्टि गर्दै बजारबाट फिर्ता लिन स्वीकार गरेको छ। कम्पनीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उत्पादन प्रक्रियामा गल्ती भएको र त्रुटी पाएपछि उक्त ब्याचमा उत्पादित सबै पफ फिर्ता लिएको जनाएको छ। कम्पनीले ग्राहकको स्वास्थ्यलाई मध्यनजर गर्दै सुधारिएको गुणस्तरीय पफ उत्पादन गरी बजारमा पठाएको समेत जनाएको…