४ असोज । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठुलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित ६ जनालाई पक्राउ गरेको छ । भदौ १८ मा गोकर्णेश्वर नगरपालिका–५ स्थित बागमती करिडोरबाट उदयपुर घर भएका ३० वर्षीया श्री बहादुर राईलाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा थप आरोपीहरूको कनेक्सन देखिएको ब्यूरोले जनाएकाे छ । ६ जनाको साथबाट प्रहरीले १ लाख ८० हजार ४३०…