१८ साउन । मध्यपुरथिमि नगरपालिका‐३ कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको घरमा सञ्चालित एक फर्निचर उद्योगमा आज आगलागी हुँदा दुई करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । नाशा इन्टेरियर कम्पनी नामको आल्मुनियम एवं फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगलागी हुँदा फर्निचर कारखानामा रहेका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी…