३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाब



काठमाडौं
२७ साउन । ललितपुरको ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा २७ बर्षिय पथ्थरीको विमारीको अप्रेसनको क्रममा मृत्यु भएपछि तनाब उत्पन्न भएको छ ।
पाल्पा घर भएकी खुशी मगरको पित्तथैलीको अप्रेसनमा चरम लापरवाहीका कारण मृत्यु भएको भन्दै उनका आफन्तजनहरुले अस्पताल परिसरमा लफडा गरेका छन् । हस्पिटलमा २१ गते अप्रेसनका लागि भर्ना भएकी मगरको पित्तथैलीको सामान्य अप्रेसनमा पछि अस्पतालले लापरवाही गरेको आफन्तहरुको भनाइ छ ।
मगरको मृत्यु भएपछि हस्पिटलमा ठुलो संख्यामा उनका आफन्त तथा छिमेकीहरु भेला भएका छन् । विरामीको मृत्यु केही दिन अघि नै भएको उनीहरुको आशंका गर्दै अस्पताल परिसरमा हल्ला खल्ला गरेका छन् । आफन्तले तनाव दिनसक्ने आशंकामा अस्पताल प्रशासनले सुरक्षाकर्मी माग गरेपछि ठुलो मात्रामा प्रहरी तथा बाउन्सर परिचालित छन् ।
मेडिकल कलेज समेत रहेको अस्पतालमा प्रशिक्षार्थी डाक्टरहरुले चरम लापरवाहीपुर्वक विरामीको अप्रेशन गर्दा विभिन्न नशाहरु काटिएर विरामीको मृत्यु भएको हुनसक्ने आफन्तहरुले बताएका छन् ।
यद्यपी के कारणले विरामीको मृत्यु भएको भन्नेबारे अस्पताल प्रशासनले बताउन नचाहेको त्यहाँ उपस्थीतहरुले बताए ।
हस्पिटलले विरामीको आफन्तहरुसँग पनि कुनै खालको बार्ता गर्न नचाहेको, बरु प्रहरी प्रशासनको बलमा घटना सामसुम पार्न खोजेको बताएका छन् ।
पहिल्यै देखि सोही हस्पिटलमा चेकजाँच गर्दै आएकी मगरले गत बर्ष जाँच गराउँदा ७ एमएमको पथ्थरी छ, चाँडै अप्रेसन गर्दा पछि समस्या हुन्न भनेर विरामीमा परामर्श गरेको उनको आफन्तले बताए ।
सोही पथ्थरीको अप्रेसन गर्दा लाप्रवाहीको कारण विरामीको मृत्यु भएको, अप्रेसनको क्रममा ७–८ लाख बढी विल निकालेको, करिव ४० पाउन्ड रगत खोज्न लगाएको र ४ दिन भेन्टीलेटरमा राखेर अन्त्यमा विरामी नरहेको हस्पिटलले बताएको उनका आफन्त बताउँछन् ।
बेला बेला यस्तै खालका घट्नाहरु घटदै आएको सो हस्पिटलले माफी माग्नु पर्नेमा उल्टै शक्ति प्रयोग गरेर धरपकड गर्न थालेपछि मृतकका आफन्तजनहरु भडकिएका छन् ।
उनीहरुले यस्तो अस्पताल सञ्चालनमा रहनु नै बिडम्बना भएको र अस्पताल बन्द नै गरिनु पर्ने माग राखेका छन् ।

घटनाबारे अस्पताल प्रशासनसँग टेलिफोनमार्फत सम्पर्क गर्दा कर्मचारीले सम्बन्धित कर्मचारीसँग कुरा गराउन चाहेनन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  २ : ५३ बजे