भक्तपुर भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई आज साँझबाट भक्तपुरमा भव्य रूपमा जात्रा मनाइएको छ । इन्द्रजात्राका दिन आज साँझ स्थानीयले इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खटजात्रा गरी ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्रदह अर्थात् सिद्धपोखरीमा पुर्याएर जात्रा मनाएका छन् । सिद्धपोखरीमा…