२१ मंसिर । अमेरिकाबाट नेपाल फिर्ता ल्याइएका दुईवटा पुरातात्त्विक महत्वको वस्तु पुरातत्त्व विभागलाई हस्तान्तरण गरिएको छ । जसमा प्रस्तरको श्रीधर विष्णुको मूर्ति र साँघुमाथि उभिएको योगासन मुद्राको नारी मूर्ति अङ्कित काष्ठ टुँडाल रहेका छन् । ११ औँ शताब्दीको मानिएको श्रीधर विष्णुको मूर्ति ललितपुरको बुङ्मतीस्थित कोटाटोलको बाहिली हिटीबाट सन् १९८० को दशकमा हराएको विभागले बताएको छ…