२७ असार । ललितपुरको गोदावरी नगरपालिका ९ छम्पीमा स्पिकरमा ब्लुटुथमार्फत बाघको आवाज निकाल्दै त्रसित बनाउने एक जनालाई गल्ती नदोहोर्याउने सर्तमा छोडिएको छ । डुकुछप टोकलमाठका ईश्वर पाण्डेले स्पिकरमा ब्लुटुथमार्फत बाघको आवाज बजाएर स्थानीयलाई त्रसित बनाएका थिए । सोमबार बिहानैदेखि बाघ कराएको आवाज बजाएका उनले मंगलबार पनि उक्त आवाज बजाएका थिए । बाघको आवाज आउन बन्द…