११ जेठ । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाउने निर्णय गरेको छ। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेको हो। मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलका अनुसार काठमाण्डौ उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीसाधनको भाडा ५.९ प्रतिशतले घटाउने निर्णय भएको छ। ‘काठमाण्डौ उपत्यकाबाहिर प्रदेशभित्रको लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा…