१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका काँग्रेस नेता र देउवाबीच मतभेद



गठबन्धन नगर्दा काँग्रेसले ललितपुरमा राम्रो नजिता ल्याउन सकिने अवस्था थियो । गठबन्धनले काँग्रेसलाई नाफा होइन घाटा भयो

 

२१ जेठ । ललितपुरका काँग्रेस नेता र सभापति शेरबहादुर देवाबीच मभतभेद देखिएको छ ।
ललितपुरमा शनिबार आयोजित १४औं महाधिवेशनपछि आयोजित पहिलो जिल्ला अधिवेशनमा जिल्लाका नेताहरुले केन्द्रले गएको निर्वाचनका क्रममा गठबन्धन गर्न लगाएर भूल गरेको भन्दै असन्तुष्टि व्यक्त गरे तर सभापति देउवाले ललितपुरको लालकिल्ला भत्काइदिएको भन्दै गर्व लागेको बताए ।
विचार नमिल्ने र विपरित ध्रुवका राजनीतिक हरुहरुसँग गठबन्धन गर्न नहुने र गणितिय गठबन्धनले सिद्धान्त, आर्दश र आश्थामै संगीन प्रहार गर्दै लोकतन्त्रको पक्षमा मतदान गर्न इच्छुक मतदाताहरुको स्वभिमानमा समेत खेलबाड भएको जिल्ला सचिव राजनप्रसाद घिमिरेले प्रतिवेदन कार्यक्रममै प्रस्तुत गर्दै असन्तुष्टि व्यक्त गरे । उनले ललितपुरमा समानुपातिक मत संख्यामा क्षयीकरण भएको समानुपालितक मतमा पहिला हैसियतमा रहे पनि चौथो स्थानमा खुम्चिएको,२०७० र २०७५ सालको निर्वाचनमा प्रत्यक्षतर्फ झण्डै २३ हजार मत प्राप्त काँग्रेसलाई उम्मेदवारबाट बञ्चित गराएर ८ हजार ७ सय ६९ मत प्राप्त गरेको माओवादीलाई उम्मेदवारी दिँदा ३१ ह्जार भन्दा धेरै मत पाएर स्वतन्त्र पार्टीले विजय हासिल गरेको तर्क प्रतिवेदनमा प्रस्तुत गरेका छन् ।


कार्यक्रममा बोल्दै अर्का सचिव बशिष्ठ अधिकारीले ललितपुरमा समेत गठबन्धन गरेर काँग्रेसले भुल गरेको बताए । उनले भने, ‘गठबन्धन नगर्दा काँग्रेसले ललितपुरमा राम्रो नजिता ल्याउन सकिने अवस्था थियो । गठबन्धनले काँग्रेसलाई नाफा होइन घाटा भयो ।’ नेपाली काँग्रेसले घाटाको राजनीति गरेको आरोप लगाउदै सचिव अधिकारीले २०१५ सालको निर्वाचनमा दुई तिहाई ल्याएको काँग्रेस २०८० सालमा आएर अरुको बैशाखीको भरमा निर्वाचनमा जानु पर्ने अवस्था कसरी आयो भन्ने विषयमा सभिक्षा गर्नु जरुरी रहेको बताए ।


सागर सम्सेर राणाले भने काँग्रेसमा इमानको राजनीति हराएको हुँदा देशको हालत खराव भएको नयाँ नयाँ पार्टी आएको भन्दै इमानको राजनीति गर्न सुझाए । उनले विपि कोइरालाले आफ्नै स्वकीय सचिवले तलव नपाएको अवस्थामा नयाँ कोट लगाएको देखेर बखास्त गरेको स्मरण गर्दै भष्टाचार निर्मुल गर्न नेतृत्वले आँट गर्नुपर्ने तर्क गरे ।


जिल्ला सभापति जितेन्द्र श्रेष्ठले भने जिल्लामा बनेको गुट उपगुटको आलोचना गर्दै समय खर्चिए । उनले आफूले चाहना नगरे पनि पार्टीले निर्वाचनमा टिकट दिएको सन्दर्भमा भएको आलोचनाको प्रतिवाद गरे । आफ्नो नेतृत्वमा ५६ प्रतिशत विजय प्राप्त गरेको बताउदै उनले २०८४ सालको निर्वाचनमा ६५ प्रतिशत विजय गराउने बताए ।

 

यसअघि लाल किल्लाको रुपमा परिचित ललितपुरमा काँग्रेस छिर्नै नसक्ने अवस्थाबाट जिल्लाभर जनप्रतिनिधि विजयी भएकोभन्दै हर्ष प्रकट गरे

महामन्त्री प्रशाममान सिंहले काँग्रेस विधिले चलेको भए अहिलेको अवस्था नआउने भन्दै सभापति देउवाको चर्को आलोचना गरे ।


सभापति देउवाले भने ललितपुरमा गठबन्धन गरेर आफूले सही काम गरेको तर्क गरे । उनले यसअघि लाल किल्लाको रुपमा परिचित ललितपुरमा काँग्रेस छिर्नै नसक्ने अवस्थाबाट जिल्लाभर जनप्रतिनिधि विजयी भएकोभन्दै हर्ष प्रकट गरे । उनले आफू अव सभापति नउठ्ने भएकाले अरु नेताले राम्रो काम गरेर जित्न सुझाव दिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ४ : ०७ बजे