काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सवारीचालक अनुमतिपत्रबाहेकका सेवा बन्द गरेको छ। सर्भरमा समस्या आएको भन्दै सेवाग्राहीलाई मुख्य गेटमै रोकेको छ। सेवाका लिन यातायात व्यवस्था कार्यालय एकान्तकुना पुगेका सेवाग्राहीको मूल गेटबाहिर भीड लागेको छ। कार्यालयले सन् २०२२ को जुन जुलाईमा ‘ट्रायल पास’ सवारीचालक अनुमतिपत्र वितरण गरिरहेको छ। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै केन्द्रीय सर्भर…