समितिलाई क्षतिको विवरण संकलन, क्षतिपूर्ति विरतण र निर्माण कम्पनीलाई कारबाहीको सिफारिसको म्याण्डेट दिइएको छ २७ चैत । ललितपुर महानगरपालिकाले बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्ट बनाउन नदिने निर्णय गरेको छ । सांसद विनोद चौधरीको निर्माणाधीन अपार्टमेण्डका कारण स्थानीयहरु मारमा परेपछि महानगरले उक्त अपार्टमेण्ट बनाउन नदिने भएको हो । त्यस्तै घटनाबारे छानबिन गर्न महानगरपालिकाले उपमेयर बज्राचार्यको संयोजकत्वमा समिति…