काठमाडौं, २ वैशाख । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा गोली लागेर घाइते भएकी छिन् । शुक्रबार राति नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी हुन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । शुक्रबार राति साढे ९ बजे बालुवाटरस्थित वर्षमानका दाइको घरमा बसिरहेको बेला प्रहरी सहायक हवलदारसमेत…