११ भदौं ०७७, कास्की । राजधानी काठमाडौं केन्द्रविन्दु भएर आएको भुकम्पले ४८ घण्टा पार नगर्दै फेरि अर्को भुकम्प गएको छ । विहीबार कास्कीको हेम्जा केन्द्रविन्द भएर भूकम्प गएको हो । हेम्जा केन्द्रविन्दू भएर आज(विहीबार) साँझ पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।…