२२ जेठ ०७७, ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकामा यही जेठ १३ गते आएको ठूलो हावाहुरीले पूर्णरुपमा क्षति भएका घरलाई रकम उपलब्ध गराइने निर्णय भएको छ । गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक, सुरक्षाकर्मीलगायतका केही स्थानीय र समाजसेवी मिलेर यही जेठ १५ गते गरेको क्षतिको अवलोकन र मूल्याङ्कनअनुसार उक्त निर्णय भएको हो । वडा नं ६ ठूलादुर्लुङमा आएको…