ललितपुर । ललितपुर महानगरपालिकाले सहर क्षेत्रको सडक तथा पैदल मार्ग (फुटपाथ)मा जथाभावी नखन्न चेतावनी दिएको छ। ललितपर महानगरपालिकाले आज सूचना जारी गर्दै विना स्वीकृति अनाधिकृत रुपमा फुटपाथ र सडकहरुमा खन्ने, फुटाउने तथा उप्काउने कार्य भइरहेको भन्दै त्यसो नगर्न स्थानीयलाई सचेत गराएको हो। ‘यस्तो कार्यले महानगरको सौन्दर्यकरण र वातावरणमासमेत प्रतिकूल असर पर्नुका साथै सवारी दुर्घटनाको जोखिम…