३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तारकेश्वर नगरपालिका-५ मा चोरी

काठमाडौं । तारकेश्वर नगरपालिका-५ स्थित गोलढुङ्गामा शनिबार साँझ ३७ वर्षीया सोबिता बानियाँको घरमा चोरी भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार करिब पाँच लाख ४८ हजार तीन सय पचास रुपैयाँ मूल्य बराबरका सुनका विभिन्न गरगहना चोरी भएका छन्। चोरीमा संलग्न फरार व्यक्तिको खोजी भइरहेको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।