काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले बालाजुबाट ठूलो मात्रामा ट्रामाडोलसहित एक महिलालाई पक्राउ गरेको छ। ब्युरोका अनुसार भारतबाट तस्करी गरी ल्याएर लुकाइएका ३५ हजार ५९० क्याप्सुल ट्रामाडोल र साढे १२ केजी गाँजासहित मोरङकी निकु राई पक्राउ परेकी हुन्। ३२ वर्षीया राई मोरङको बेलबारीकी स्थायी बासिन्दा हुन् भने उनी हाल काठमाडौंको गंगाहल नजिकै बस्दै आएकी थिइन्। लागूऔषध…