काठमाडौं । बाराको सिमरामा बुधबार नेकपा एमालेका कार्यकर्ता र जेन-जी समूहका युवाबीच भएको झडपपछि स्थानीय क्षेत्र फेरि अशान्त बनेको छ। बुधबार बेलुका प्रहरी प्रशासन र सम्बन्धित पक्षबीच सहमति भएसँगै सडक सञ्चालनमा आएको भए पनि बिहीबार बिहानैदेखि स्थानीय युवाहरू पुनः विरोध प्रदर्शनमा निस्किएका छन्। प्रदर्शनकारीहरूले सिमराको मुख्य सडक अवरुद्ध गर्दै विभिन्न नारा लगाएका छन्। स्थानिय वातावरण…