दसैँ पनि अर्काको घरमा बितायौँ, तिहार पनि त्यसै हुने भयो धुलिखेल (काभ्रेपलाञ्चोक) १७ कात्तिक । तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमङ्गको पर्वका रुपमा लिने गरिन्छ । समाजमा सबैसँगको सद्भाव र मनोरञ्जनको पर्वका रुपमा लिने गरेको तिहारलाई सबैले उत्सव र मनोरञ्जनका रुपमा मनाइरहेका छन् । काभ्रेपलाञ्चोकका अधिकांश परिवारले भने यस वर्षको तिहारलाई…