२२ मंसिर २०८१, शनिबार | Sat Dec 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दीपक मनाङे सर्वोच्चबाट ज्यान मार्ने उद्याेगमा दोषी ठहर, ५ वर्ष कैद सजाय



यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो

२० कात्तिक । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् ।

मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो ।

उच्च अदालत पाटनले २०६९ सालमा उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ९ : ४४ बजे