काठमाडौं । अमेरिकी सरकारले थप ७५ जना नेपाली नागरिकलाई नेपाल फिर्ता पठाएको छ। चार्टर्ड विमानमार्फत बिहीबार उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। डिपोर्ट हुनेमध्ये तीन जना महिला छन्। नेपाल आइपुगेपछि उनीहरूलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गरेको छ। ब्युरोका अनुसार फर्काइएकामध्ये दुई जना भिजिट भिसामा अमेरिका पुगेका थिए भने अधिकांश ‘तल्लो बाटो’ प्रयोग गरेर…