काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई विदेश भ्रमणमा रोक लगाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीश डा.मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले सरकारले अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान नपाउने निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश…