२७ चैत । गत वर्षको वैशाखदेखि चैत तेस्रो सातासम्म आगलागीबाट नेपालमा १०२ जनाको मृत्यु भएको छ। देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५ भन्दा बढी आगलागीका घटना भएकामा ती घटनामा एक सय दुईजनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। आगलागीबाट सो अवधिमा चार हजार सात सय २५…