१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


राप्रपाको प्रर्दशनपछि सुनसान बन्यो काठमाडौं(तस्विरहरु)



ललितखबर
२७ चैत । केही समयअघि विभिन्न ४० बुँदे माग राखेर सडकमा आएको राप्रपा नेपालका कारण काठमाडौंका मुख्य स्थान मंगलबार दिनभर अस्तव्यत बन्यो ।


प्रहरीले सुरक्षाका लागि सडकमा मनग्गे प्रहरी परिचालन गरेको छ । ठाँउ ठाँउमा काँडेतार राखेर सडकमा प्रहरी बसेपछि सवारीसाधन रोकिएका छन् भने सबै चोकमा ट्राफिक जाम भएको छ । गन्तव्यमा हिडेका यात्रुले दुःख पाएका छन् ।
राजधानीको सिंहदरवारस्थित पश्चिमी ढोका नजिक निषेधित क्षेत्र तोड्न राप्रपा समर्थक अघि बढेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।


राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनलगायत नेताहरु गाडीमा बसेर सडकमा प्रर्दशन गरिरहेका छन् भने समर्थक सडक अवरुद्ध गर्दै नारा लगाइरहेको देख्न सकिन्छ ।

 


लेन्स : ललितखबर

 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ११ : १७ बजे