१६ साउन । झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९÷८० मा कूल ६ हजार तीन सय २७ मुद्दा दर्ता भएका थिए । यसमा १ हजार सात सय सात सम्बन्धविच्छेदका मुद्दा थिए । सम्बन्धविच्छेदका १ हजार तीन सय छ मुद्दा फस्र्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार वीरेन्द्र बस्नेतले जानकारी दिएका छन्…