पाँचथर छ दिनदेखि बेपत्ता रहेका याङवरक गाउँपालिका १ बिरुवाका नाबालक दाजुबहिनी मृत फेला परेका छन् । यही साउन १५ गते बिहानदेखि हराइरहेका बिरुवाका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र छ वर्षीया छोरी नानुमा राईको शव आज बिहान बिरुवा खोलामा फेला परेको हो । उनीहरुको शव खोलाको किनारामा करिब २०० मिटरको अन्तरमा फेला परेको वडाध्यक्ष…