भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सरेका छन्। जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहेका ओली आजदेखि सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित भाडाको घरमा बसाइँ सरेका हुन्। बालकोटस्थित उनको निवास जेनजी आन्दोलनकै क्रममा आगजनीमा परेको थियो। गुण्डुस्थित निवासमा…