काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइको मागसहित उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल प्रस्थान गरेका छन्। आज बिहान करिब ९ बजे फ्लाई दुबईको विमानमार्फत इजरायल जानका लागि उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। विमानस्थल प्रवेश गर्दा आमा र छोरी दुवै भावुक बनेका थिए र आँसु थाम्न सकेका…