१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले संसद पुनर्स्थापनामा लाग्छ, यो सरकार चुनाव गराउनका लागि होइनः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले संसद पुनर्स्थापनको मुद्दा लिएर अघि बढ्ने बताएका छन् ।

उनले यसका लागि नेपाली कांग्रेससहितका लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्नेमा जोड दिए । एमालेको भक्तपुर जिल्ला कमिटीद्धारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले यो सरकार संविधान मिचेर बनाइएकाले यसले चुनाव गराउन नसक्ने बताए । उनले विश्वमा यस्ता सरकारहरुले कतै पनि चुनाव नगराएको दृष्टान्त पनि सुनाए ।

ओलीले भने, ‘संविधान मिचिएको छ । मिचिएकै बिन्दुमा पार्टीले गतिविधि अघि बढाउँछ ।’

 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  २ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।