७ साउन ०७९, ललितपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले वर्तमान सत्ता गठबन्धनले संविधानको चिरहरण गरेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले सरकारले गरेका सबै कुराबाट संविधानको चिरहरण भएको दाबी गरे । सत्ता गठबन्धन टिकाउने नाममा भएका निषेधको राजनीतिका कारण मुलुक कमजोर बन्दै गएको…