१८ फागुन ०७८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोल्दै नबोलेको कुरालाई लिएर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै सङ्घीय संसद् सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपाने आज जारी गरेको प्रेस विज्ञप्तिमा लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनुभएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको उल्लेख छ ।…